महिला टी–२० विश्वकप छनोट : उपविजेता बन्दै स्वदेश फर्कियो नेपाली टिम

 फागुन १६, २०७५ बिहिबार १६:४७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – थाइल्याण्डमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा उपविजेता बन्दै नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ ।

तुलनात्मक रुपमा अन्य टिमभन्दा कम तयारी गरेर प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपाली महिला क्रिकेट टिमले प्रभावकारी प्रदर्शन गरेको थियो । एक महिनाको अन्तरालमा नेपाली महिला टोलीले दुईवटा प्रतियोगितामा सहभागिता जनायो र दुवै प्रतियोगितामा राम्रो प्रदर्शन पनि गर्‍यो ।

तर दूर्भाग्य । नेपालको बाटोमा थाइल्याण्ड तगारो नै बन्यो । कुल १० टिमको सहभागिता रहने महिला टी–२० विश्वकपका लागि सम्पन्न एसियाली छनोटमा नेपाल दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

छनोटका लागि एसिया, अफ्रिका, पूर्वी एसिया प्यासिफिक, उत्तर–दक्षिण अमेरिका र युरोपबाट एक–एक टिम छनोट भइ दोस्रो चरण खेल्नु पर्नेछ । तर नेपालको बाटो थाइल्याण्डले रोकिदियो । थाइल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुग्न सफल भयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया