झापा गोल्डकपको चौथो संस्करण आजदेखि सुरु हुँदै : पहिलाे खेल झापा ११ र साहारा क्लब पोखराबीच हुने

 फागुन १८, २०७५ शनिबार १२:३२:१० | सुश्मा राजवंशी
unn.prixa.net

डाेमालाल राजवंशी रंगशाला

झापा - झापा गोल्डकपको चौथो संस्करण आज बाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र साहारा क्लब पोखरा बीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछन् ।

ए डिभिजनका ६ सहित १० टोली सहभागी गोल्डकपका लागि डोमालाल राजवंशी रंगशालामा ८ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ ।

गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् ।

अन्तिम अपडेट: चैत १७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया