आईपीएल क्रिकेटमा आज हैदराबाद र लखनउ खेल्दै
बैशाख २६, २०८१ बुधबार
बर्दिया - वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्र र वन्यजन्तुको संख्या घट्न नदिने बताउनु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा भएको ३५ औं वार्डेन सम्मेलन तथा १७ औं मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वन र वन्यजन्तु घट्न नदिन गरिएका प्रतिबद्धता प्रति सरकार गम्भिर रहेको बताउनुभयो ।
वन र वन्यजन्तु उचित व्यवस्थापन गर्न सके नेपालको समृद्धि परको विषय नभएको भन्दै उहाँले त्यसका लागि सरकारले विभिन्न योजना बनाइरहेको बताउनुभयो ।
‘हामीसँग झण्डै ४५ प्रतिशत वन छ र १७ प्रतिशत संरक्षित क्षेत्र छ । यसलाई मात्र हामीले व्यवस्थापन गर्नसके समृद्धि परको विषय होइन,’ उहाँले भन्नुभयो ।
वन र वन्यजन्तु देशको ठूलो सम्पत्ति भएको उल्लेख गर्दै मन्त्री बस्नेतले संरक्षण, दिगो उपयोग र प्राप्त लाभको न्यायोचित वितरणको उचित व्यवस्थापन आजको अवश्यकता भएको पनि बताउनुभयो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण क्षेष्ठले बर्दिया निकुञ्जबाट गाउँ पस्ने वन्यजन्तुका कारण अन्नबाली जोगाउन कठिन भएको भन्दै वन्यजन्तुबाट हुने क्षतिको व्यवस्था गर्न माग गर्नुभयो ।
‘वन्यजन्तुको संरक्षण, समृद्धिका लागि पर्या-पर्यटन’ भन्ने मूल नाराका साथ आयोजित ३५ औं वार्डेन सम्मेलनबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण रणनिति बनाउने, चौबिसै घण्टा खटिने कर्मचारीका लागि प्रोत्साहन भत्ता एवं १० लाख बीमा दिनुपर्ने, गैँडाको प्राकृतिक मुत्युको सूक्ष्म अध्ययन, अव्यवस्थित बस्ती व्यवस्थापन आयोग गठन गनुपर्ने लगायतका संकल्प प्रस्तावहरु पारित भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।
यस्तै राहत निर्देशिकामा सम्पूर्ण वन्यजन्तुहरु समावेश गर्ने, श्रोत नभएका मध्यवर्ती क्षेत्रमा थप बजेट उपलब्ध गराउने, नदी कटान नियन्त्रणका लागि आवश्यक रकम उपलब्ध गराउने, छाडा चौपाया नियन्त्रण गर्ने, विभागमा अमिनको दरबन्दी कायम गर्ने, सूचना प्रणालीमा सुधार गर्नुपर्ने लगायतका १५ बुँदे संकल्प प्रस्ताव पारित भएको उहाँले बताउनुभयो ।
बर्दिया निकुञ्जमा बिहीबारबाट सुरु भएको वार्डेन सम्मेलनमा १५ बुँदे सकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । वार्डेन सम्मेलनका निष्कर्षहरुलाई केवल कागजमा मात्र सीमित हुन नदिने मन्त्री बस्नेतले प्रतिवद्धता समेत जनाउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।