झापा गोल्डकप : हङकङ नेप्लिज एकेडेमीलाई एक-शून्यले हराउँदै झापा ११ सेमिफाइनलमा

 फागुन २०, २०७५ सोमबार १८:२:५८ | सुश्मा राजवंशी
unn.prixa.net

झापा -  आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वाटरफानलमा हङकङ नेप्लिज एकेडेमीलाई एक-शून्य गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ४१ औँ मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । आजको खेलको म्यान अफ् द म्याच झापाका खेलाडि निसान खड्का घोषित भए । उनले नगद १५ हजार हात पारे ।

मंगलबारकाे खेलमा नेपाल आर्मी र सशस्त्र प्रहरीबीच प्रतिस्पर्धा हुनेछ ।

२७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्नेछन् ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया