नेपाल–बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता

 फागुन २१, २०७५ मंगलबार १४:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसैनले दुई देशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

दुवै देशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो ।

याे सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति त्यही देशमा मात्रै कर तिर्दा हुने व्यवस्था गरिएको छ । एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरण हुने भएपछि दुवै देशले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन् ।

यसबाट दुवै देशलाई फाइदा पुग्ने राजश्व सचिव घिमिरले बताउनुभयो । उहाँले दुवै देशबाट लगानीका लागि वातावरण बनाउन पनि याे सम्झौताले सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन् । लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई याे सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ । बंगलादेशसँग दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी सरकारले २०७१ सालमै गरेको थियो ।

नेपालले याे सम्झौता भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, थाइल्याण्डमा यस अघि नै गरिसकेको छ । जापान, अमेरिका, सिंगापुरलगायतका देशमा पनि त्यससम्बन्धी दुई पक्षीय सम्झौता गर्ने विषयमा छलफल भइरहेको राजस्व सचिव घिमिरेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया