अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ का...
बैशाख १४, २०८१ शुक्रबार
धनुषा – जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– ६ का २० वर्षीय बिक्की साह र वडा नं. ४ का २० वर्षीय किसन मण्डल रहको प्रहरीले जनाएको छ ।
फागुन २३ गते हुने छोरीको बिहेको लागि किनेर ल्याएको सामग्री मंगलबार राति चोरी गरेको आरोपमा दुवैजनालाई पक्राउ गरेको हो । उनीहरुले एक लाख मूल्य बराबरको खाद्य सामाग्रीहरु चोरी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुवैजनामाथि थप अनुसन्धन गरी मुद्दा चलाउने तयारी भैरहेको छ ।