नेकपाको सरकारले  नै पश्चिम सेती बनाउँछ  : मुख्यमन्त्री भट्ट

 फागुन २२, २०७५ बुधबार १७:५३:४७ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा नेतृत्वको वर्तमान सरकारले पश्चिम सेती परियोजना बनाउने बताउनुभएको छ । 

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा बुधबार आयोजना गरिएको स्वास्थ्य सरसफाइ कार्यक्रमको उद्घाटन गर्न त्यहाँ पुग्नु भएका मुख्यमन्त्री भट्टले बहुचर्चित पश्चिम सेती परियोजना वर्तमान सरकारको पहिलो प्राथमिकतामा रहेको दाबी गर्नुभयो । ‘हामीले केन्द्र सरकारसँग पश्चिम सेती आफ्नै लगानीमा निर्माण गर्ने भनेर भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘पश्चिम सेती अब भाषणमा हैन काममा देखिने छ ।’ 

चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने भन्दै हात झिकेपछि डोटीमा फेरि पश्चिम सेतीको चर्चा सुरु भएको छ । दुई दशकदेखि चर्चामा रहेको पश्चिम सेतीसरकारले नै बनाउने चर्चा चलेपछि डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा अहिले यस विषयमा निकै चर्चा परिचर्चा हुन थालेको छ । 

चमेलिया जलविद्युत आयोजनाको डडेल्धुराको स्याउलेमा रहेको सबस्टेशनको उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम सेती नेपालीको लगानीबाट निमार्ण गर्ने बताउनु भएसँगै यहाँ फेरि चर्चा सुरु भएको हो ।

बुधबार बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य सरसफाइ कार्यक्रमले समग्र जिल्लाभरिमा यसको राम्रै प्रभाव हुने समेत मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘डोटीबाट राजधानी खोसियो भनेर चिन्ता नलिनोस् । विकास किन भएन भनेर खबरदारी गर्नुहोस् हामी विकास गर्नका लागि तयार छौँ ।’
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया