ह्यारी केनले राखे विश्वकपमा ह्याट्रिक गर्ने तेस्राे इंग्लिस फुटबलरकाे रेकर्ड

 असार १०, २०७५ आइतबार २०:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डका कप्तान तथा स्ट्राइकर ह्यारी केनले जारी विश्वकप अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नवप्रवेशी टोली पानामाविरुद्ध ह्याट्रिक गरेका छन् ।

खेलको २२औं मिनेटमा पेनाल्टीमार्फत टिमका लागि दोस्रो गोल गरेका केनले पहिलो हाफको इन्ज्यूरी समयमा फेरि पेनाल्टीमा गोल गरी आफ्नो गोलसंख्या २ बनाए ।

६२औं मिनेटमा मिडफिल्डर लफ्टस चीकको पासमा गोल गर्दै केनले ह्याट्रिक पूरा गरे ।

ह्याट्रिक पूरा गरेलगत्तै उनलाई सस्टिच्युट गरिएको छ । उनको स्थानमा ज्यामी भर्डी मैदान छिरेका थिए ।

केन विश्वकपमा ह्याट्रिक गर्ने तेस्रा इंग्लिस फुटबलर बनेका छन् ।

यसअघि सन् १९६६ को विश्वकप फाइनलमा सर जियोफ हर्ष्टले तत्कालीन पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए । उनकै ह्याट्रिकको सहयोगमा इंग्ल्याण्ड विश्वविजेता बनेको थियो ।

त्यस्तै सन् १९८६ को विश्वकपमा ग्यारी लिनेकरले पोल्याण्डविरुद्ध ह्याट्रिक गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया