लगानी सम्मेलनमा यूएईका १३ प्रतिनिधि सहभागी हुने

 चैत १४, २०७५ बिहिबार १६:८:५७ | उमाकान्त पाण्डे

यूएई – शुक्रबारदेखि काठमाण्डौमा हुने लगानी सम्मेलनमा यूएईबाट १३ जना सहभागी हुने भएका छन् । सहभागी हुन प्रतिनिधि बिहीवार नेपाल पुगेका छन् । 

यूएईको सरकारी तथा नीजि क्षेत्रका गरी १३ जना प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउन लागेको काठमाण्डौमा रहेको यूएईको दूतावासले जनाएको छ । 

लगानी गर्न इच्छुक लगानीकर्ता काठमाण्डौमा रहेको यूएईको दूतावासको समन्वयमा सम्मेलनमा सहभागी हुन लागेका हुन् । सम्मेलनमा यूएईको उच्च सरकारी क्षेत्रबाट समेत सहभागीताको तयारी भए पनि प्राविधिक कारणले त्यो उच्च सरकारी क्षेत्रको टोली सहभागी भएन ।  

उच्च सरकारी क्षेको टोली सम्मेलन सकिए पनि लगानीको अध्ययनका लागि नेपाल जाने तयारीमा रहेको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया