अमेरिकी होमल्याण्ड सुरक्षा विभागकी प्रमुखले दिइन् राजीनामा

 चैत २५, २०७५ सोमबार १२:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होमल्याण्ड सुरक्षा विभागकी प्रमुख क्रिस्टजेन निअसनले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले उनको कार्यकाललाई धन्यवाद दिए पनि उनको राजीनामाको कारणबारे केही बताइएको छैनन् । 

अमेरिकामा दक्षिणी सीमा भएर आउने प्रवासीहरुलाई रोक्न असफल भएको भन्दै निअसनप्रति असन्तुष्टि जनाइएको थियो । त्यसलगत्तै उनले राजीनामा दिने फैसला गरेकी हुन् ।

तत्कालका लागि होमल्याण्ड सुरक्षा विभाग प्रमुखको जिम्मेवारी कस्टम तथा सीमा आयुक्त केमिन म्याकअलिनानलाई दिने राष्ट्रपति ट्रम्पले बताएका छन् । निअसनले राजीनामापछि विभागसँग काम गर्न पाउनु आफ्नो लागि ‘जीवनभरको सम्मान’ भएको बताएकी छिन् । 

निअसनले नै राष्ट्रपति ट्रम्पको विवादित सीमा नीतिलाई लागू गराएकी थिइन् । उनले आफ्नो पत्रमा राजीनामाको कुनै कारण नभएको बताए पनि यही नै आफ्नो लागि अलग हुनु सही समय भएको बताएकी छिन् । ‘मैले पद सम्हालेको थियो, यहाँसम्म आइपुग्दा अमेरिका धेरै सुरक्षित छ,’ उनले भनिन् । 

राष्ट्रपति ट्रम्पको दक्षिणी सीमा भ्रमणको केही दिनपछि राजीनामाको घोषणा भएको हो । ट्रम्पले केही दिनअघि मात्रै सीमा बन्द गर्ने चेतावनी दिएका थिए तर उनी यो कुराबाट पछि हटेका छन् । ट्रम्पले मेक्सिकोलाई लागूऔषध र मानव तस्करीको विरुद्ध कारवाही गर्नका लागि एक वर्षको समयसीमा दिने बताएका थिए ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया