इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा

 चैत २६, २०७५ मंगलबार ७:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । साेमबार राति भएको खेलमा चेल्सीले वेस्टह्याम माथि २–० को जित निकाल्दै ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

वेस्टह्यामविरुद्ध जित दिलाउन इडन हाजार्डले नै दुबै गोल गरेका थिए । पहिलो हाफको २० औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हाजार्डले अन्तिम समयमा पनि एक गोल थप्दै स्पष्ट तीन अंक दिलाउन सफल भए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया