अन्तर प्रदेश परिषद्काे तेस्रो बैठक सिंहदरबारमा सुरु : प्रदेश २ र ३ का मुख्यमन्त्री अनुपस्थित

 बैशाख १३, २०७६ शुक्रबार १५:३७:२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - अन्तर प्रदेश परिषदको तेस्रो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरु भएकाे छ ।

 

परिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, संघीय सरकारका मन्त्री तथा पाँच वटा प्रदेशका मुख्यमन्त्रीलगायतका उच्च पदस्थ सरकारी अधिकारी सहभागी छन् ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भने बैठकमा सहभागी छैनन् ।प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पाैडेल राष्ट्रपति विद्यादेवी भण्डारीसँगै बीआरआई सम्मेलनमा सहभागी हुन चीन जानु भएकाे छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यस बैठकमा किन सहभागी हुनु भएन ? बहिष्कार नै गर्नुभायो कि भन्ने आशंका उब्जाएको छ । तर मुख्यमन्त्री राउत आज लहानमा जारी संघीय समाजवादी फोरम नेपालको प्रदेश २ अधिवेशनमा व्यस्त हुनु भएको छ । पार्टीको प्रदेश अधिवेशन चलिरहेको कारण मुख्यमन्त्री राउत बैठकमा सहभागी हुन नसकेको उहाँका  प्रेस संयोजक आतिश मिश्रले बताउनुभयो । सहभागी हुन नसकेको अन्य कुनै कारण नभएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया