हावाहुरीबाट धनुषामा ५२ घरटहरामा क्षति, प्रदेश सरकारले राहत दिने

 बैशाख १५, २०७६ आइतबार १९:५१:४५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - आइतबार बिहान आएको भीषण हावाहुरीले जनकपुर लगायत धनुषा जिल्लामामा ५२ वटा घर टहरमा क्षति पुर्‍याएको छ ।

हावाहुरीबाट झण्डै ३९ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हावाहुरीले ५२ घरटहरा मध्ये कतिपय भत्काएको छ भने कतिपय घरको छानो र पर्खाल भत्काएको छ ।

हावाहुरीले मानवीय क्षति नभए पनि धनुषा जिल्लामा १ सयभन्दा बढी बिजुलीको खम्बा ढलेर क्षति भएको छ । यस्तै धेरै ठाउँमा रुख भाँचिएको छ भने ग्रामीण भेगमा बालीनाली समेत नष्ट गरेको छ ।

यता धनुषाका हावाहुरी प्रभावितहरुलाई समेत प्रदेश सरकारले राहत दिने भएको छ । उज्यालोसँग कुरा गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले हावाहुरी प्रभावितहरुको स्थलगत निरीक्षण गरी क्षति अनुसार विचार गरेर प्रदेश सरकारले राहत दिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया