श्रीमानले आगाे लगाउँदा घाइते भएकी निर्मलाकाे उपचारका क्रममा मृत्यु

 बैशाख १६, २०७६ सोमबार १७:५:१९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - गएकाे वैशाख ५ गते पतिले मट्टीतेल जिउमा खन्याएर जलाएकी निर्मलाको उपचारको क्रममा सोमबार दिउँसाे काठमाण्डौको बर्न हस्पिटलमा मृत्यु भएको छ ।

धनुषाको शहीदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मला यादवलाई जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । गत वैशाख ५ गते दिउँसो घरमा कोहL नभएको मौकाछोपी पति मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाका थिए ।

आगोबाट निर्मलकाको शरीरको ७० प्रतिशत भागको छाला जलेर उनी गम्भीर घाइते भएकी थिइन् । घटनापछि गम्भीर घाइते निर्मलालाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौको  बर्न होस्पिटलमा भर्ना गरिएको थियो ।

निर्मलाको १० महिना अघि मात्र समाजिक परम्परा अनुसार विवाह भएको थियो ।  २०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो ।

मुकेश लागुपदार्थ तथा मादक पदार्थ सेवन कुलतका शिकार हुन् । घरमा कोही नभएको मौकाछोपी मुकेशले कुटपिट गर्दै निर्मलाको हातखुट्टा बाँधी बाकसमा रहेको कपडाहरु निकालेर जिउमा राखी मट्टी तेल छर्केर आगो लगाएको निर्मलाकी दा राकेश यादवले बताउनुभयो ।  

आगो लगाएपछि निर्मला जोड जोडले चिच्याउँदा  छरछिमेकहरुले उद्धार गरेको तर त्यतिबेलासम्म निर्मलाको शरीरकाे अधिकांश भाग जलिसको थियो ।

वैशाख ५ गते बिहान मुकेश र निर्मलाबीच झगडा भएको थियो । माइती पक्षले छोरी निर्मलालाई हत्या गर्ने प्रयास भएको भन्दै पति मुकेश गोइत यादव, ससुरा  झरी गोइत यादव र सासूमाथि ज्यान मार्ने उद्योगमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । निर्मलाकी बुबा कामे भुसकुलियाले जाहेरी दर्ता गराउनु भएको छ । तर पति मुकेश अहिलेसम्म पक्राउ परेका छैनन् ।

यसअघि गत वैशाखमा १२ गते मात्र घरायसी विवादमा  पतिले मट्टीतेल खन्याएर जलाएकी  सिरहाको कल्याणपुर  नगरपालिका ८ की २१ वर्षीया कञ्चनको वैशाख १३ गते मृत्यु भएको थियो । उनका पति बेचन मण्डल खत्वेले  मट्टीतेल खन्याएर जलाएका थिए । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया