उपचारका क्रममा बालकको ज्यान गएपछि कान्ति बाल अस्पताल तनावग्रस्त

 बैशाख १८, २०७६ बुधबार १८:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपचारका क्रममा बालकको ज्यान गएपछि कान्ति बाल अस्पताल तनावग्रस्त भएको छ । 

बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लगिएका बालाजुका ८ वर्षे बालक अंकित खत्रीको ज्यान गएपछि तनाव भएको हो । 

बालकका अभिभावकले डाक्टरले दिएको औषधिका कारण ज्यान गएको दाबी गरिरहेका छन् तर अस्पतालले भने छारे रोगका कारण बालकको ज्यान गएको जनाएको छ । 

अस्पतालका निर्देशक गणेश राईले छारे रोगका कारण बालक बेहोस भएको र उनको ज्यान गएको बताउनु भएको छ । बालकको पोस्टमर्टम गर्ने नगर्ने विषयमा अहिले अभिभावक छलफलमा छन् ।  
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया