प्रदेश २ को नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण

 बैशाख १९, २०७६ बिहिबार १३:१८:३० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ को नाम र राजधानी म्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।  संवाद तथा सुझाव आयोगका संयोजक डा.हरिवंश झाले  प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाउनु भएकाे हाे ।

प्रदेशको नाम र राजधानीको टुंगो लगाउन २०७५ कार्तिक ११ गते प्रदेश सरकारले डा.हरिवंश झाको नेतृत्वमा  ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो । आयोगले आठवटै जिल्लामा गएर रजानीतिक दलका प्रतिनिधि, पत्रकार, वकिल, बुद्धिजीवी नागरिक समाज तथा सर्वसाधारणसँग प्रदेश २ को नाम र राजधानीको विषयमा सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको हो ।

‘सुझाव संकलन अनुसार प्रतिवेदनमा प्रदेशको नामको रुपमा मधेश, मध्य मधेश, मिथिला, जानकी प्रदेशलगायत आएको छ ’, आयोगका संयोजक झाले भन्नुभयो, ‘राजधानीको रुपमा जनकपुर, वीरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढलगायतको नाम आएको छ ।’

यद्धपि उहाँले नाम र राजधानी कुनमा बढी जनताको सुझाव छ भन्ने कुरा खोल्न मान्नु भएन । आयोगका संयोजक झाका अनुसार ८ सय प्रश्नावलीमार्फत सुझाव संकलन गरिएको छ । यस कार्यमा आयोगले ३० लाखमध्ये १७ लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी छिटो टुंग्याउन आयोगबाट प्राप्त प्रतिवेदन चाँडै प्रक्रियामा बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रतिवेदन अध्ययन गरी हामी चाँडै क्याविनेटमा छलफल गर्छौं । त्यसपछि प्रदेशसभा समितिमा बुझाउछौं  र प्रक्रियागत ढंगले अघि बढाएर टुंगो लगाउछौं ।'

सबैको चासो प्रदेशको नाम र राजधानीप्रति रहेकाले यथाशीघ्र टुंग्याउने उहाँको भनाइ छ । प्रदेशको नाम र राजधानी टुंग्याउन प्रदेशसभाको दुई तिहाई बहुमत चाहिन्छ । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो । 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया