मनमोहन मेमोरियल यू–१६ क्रिकेटकाे उपाधि प्रदेश २ लाई

 बैशाख २४, २०७६ मंगलबार १५:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई चार विकेट विकेटले हराउँदै उपाधि उचाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १३४ रनको लक्ष्य दिएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सुवास ऐयरले ४७, सन्दिप विष्टले २८ तथा आशिष भट्टले २१ रन बनाए । बलिङमा प्रदेश दुईका विशाल पटेल र निखिल सिंहले तीन तीन विकेट लिए । 

जसलाई प्रदेश २ ले २६ ओभर तीन बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसको जितमा रोहन विकले ३६, सेख इमरानले १४, निखिल सिंहले २७ तथा विशाल पटेलले २८ रन बनाए । 

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान प्रदेश तीनका आशिष भट्टराई बने भने बेष्ट बलर प्रदेश ती कै दिपक बोहोरा घोषित भए । यस्तै प्लेयर अफ द सिरिज सुदूरपश्चिमका सुवास ऐयर बने ।

इमर्जिङ खेलाडी प्रदेश तीनका भरगव चटौत बने । उपाधिसँगै प्रदेश २ ले २ लाख ५० हजार रूपैयाँ पायो भने उपविजेता सुदूरपश्चिमले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्‍याे ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया