दिल्लीमा 'टिकटक' सेलिब्रेटीको गोली हानी हत्या

 जेठ ८, २०७६ बुधबार १५:१३:५९ | एजेन्सी
unn.prixa.net

दिल्लीमा  'टिकटक' सेलिब्रेटी मोहित मोरको गोली हानेर हत्या गरिएको छ । 

नचिनेका व्यक्तिले उनको छातीमा १३ वटा गोली हानेको  भारतीयअधिकारीहरुले जनाएका छन् । उनको घटनास्थलमा नै ज्यान गएकाे छ । 

मोहित मोर 'टिकटक' का चर्चित सेलिब्रेटी थिए । 'टिकटक' मा उनको पाँच लाखभन्दा बढी फलोअर छन् । मोहित आफ्नो फिटनेशको भिडियो 'टिकटक' र 'इन्स्टाग्राम' मा पाेस्ट गर्ने गर्दथे । 

मोहित प्रायजसो नजफगढ नजिकको जिममा आउने जाने गर्दथे । त्यही नजिक एउटा फोटोकपी पसलमा उनी आफ्ना साथीहरुसँग बिहान पाँच बजे बसिरहेका थिए । 

त्यही समयमा तीन जना नचिनेका व्यक्ति मोटरसाइकलमा आए अनि गोली हानेर मोहितको हत्या गरे । तीनै जना नचिनेका व्यक्तिहरुको तस्बिर सीसीटिभी फुटेजमा कैद भएको छ । दुई जनाको हेलमेट लगाएको तस्बिर कैद भएको छ भने एकजनालाई प्रस्टै देख्न सकिन्छ । 

त्यसपछि उनीहरु त्यहाँबाट भागे । मोहितलाई उपचारका लागि अस्पताल लैजानै लाग्दा उनको ज्यान गइसकेको थियो । 

‘प्रहरीले यो जघन्य हत्याकाण्डको जाँच गरिरहेको छ । यो घटनामा ग्याङको हात रहेको हुनसक्छ । यसमा व्यक्तिगत दुस्मनी पनि हुनसक्छ', एक प्रहरी अधिकारीले भने । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया