इटहरीमा रचनात्मक विरोध प्रदर्शन : मान्छे नै रूख बनेर उभिए

 जेठ २२, २०७६ बुधबार १८:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – विश्व वातावरण दिवसका अवसरमा काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दा सुनसरीको इटहरीमा भने मानिस नै रुख बिरुवा बनिदिए ।

काटिएका रुखका ठुटा भएका ठाउँमा रुखका हाँगा र पात देखे पछि बिहान स्थानीय बासिन्दा अचम्ममा परे । 

बुधबार बिहानै हातमा रूखका हाँगा बोकेका एक हुल युवा सडकमा निस्किए । इटहरीको मुख्य चोक हुँदै धरानको लाइनतर्फ अघि बढेका उनीहरूले जहाँ जहाँ काटिएका रूखका ठुटाहरू भेटे, त्यहीँ त्यहीँ हलचल नगरी रुखका हाँगा र पात लगाएर उभिए ।

केही दिनअघि सडक विस्तारको क्रममा इटहरीका हरियाली नै निमिट्यान्न हुने गरी सडक किनाराका रूख काटिएको थियो । यसैको विरोधमा इटहरी कलालयका विद्यार्थीले आफै रुख बनेर रचनात्मक विरोध प्रदर्शन गरेका हुन् ।

विश्व वातावरण दिवसको अवसरमा रूख र पर्यावरणको संरक्षण गर्न मानवीय विवेक गुमाउन नहुने भन्दै पर्फमिङ आर्टलाइ प्रयोग गरिएको नाट्यकर्मी एवंम कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया