बिना मेकअप सेल्फी लिएपछि करीना ट्राेलकाे शिकार

 जेठ २५, २०७६ शनिबार १९:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

करीना कपूर खान यतिबेला इटालीको टस्कनीमा पति सैफ अली खान र छोरा तैमूर अली खानसँग छुट्टी मनाइरहेकी छिन् ।

३८ वर्षीया अभिनेतृ करिना कपूर यतिबेला एउटा बिना मेकअप एउटा तस्बिर सामाजिक सञ्जालको फ्यान पेजमा सेयर गरेपछि ट्रोलको शिकार भएकी छिन् । 

करीना कपूर ती अभिनेतृमध्ये पर्छिन्, जो प्रायजसो बिना मेकअप नै सार्वजनिक स्थानमा देखिने गर्दछन् । त्यसो त उनी बिना मेकअप पनि राम्री देखिन्छिन् । तर बिना मेकअपको उनको एउटा सेल्फी भने अहिले ट्रोलको शिकार भएको छ । 

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब उमेर भयो ।’ त्यस्तै अर्का प्रयोगकर्ताले ‘हे भगवान....भयानक’ लेख्दा एक जनाले ‘भयानक अनुहार’ लेखेर कमेन्ट गरेका छन् ।   

करीना भने यो तस्बिरमा निकै खुशी देखिएकी थिइन् । उनले तस्बिरसँगै क्याप्सनमा ‘घाममा मजा लिँदै’ लेखेकी थिइन् । 

अहिले सैफ अलि खान 'सेक्रेड गेम्स' को दोस्रो सिजनमा देखिँदै छन् भने करीना 'गुड न्यूज' चलचित्रमा देखिँदैछिन् ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया