ललित स्मृति यू–१८ फुटबल: ब्रिगेड ब्वाइज र नेपाल पुलिस क्लब फाइनलमा

 साउन २, २०७६ बिहिबार २०:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनाङ मर्स्याङ्दी क्लबको पोस्टमा सात गोल गर्दै ब्रिगेड ब्वाइज क्लब ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा ब्रिगेड ब्वाइजले मनाङ्लाई ७–१ ले पराजित गर्‍याे ।

मनाङको जितमा रेजिन सुब्बाले ह्याट्रिक गरे भने शिशिर लेखीले दुई गोल गरेका थिए । ब्रिजेश चौधरी र जय गुरुङले पनि एक एक गोल गरे । 
पहिलो हाफमा दुई गोल गरेको मनाङले दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको १५औँ मिनेटमा शिशिर लेखीको गोलबाट ब्रिगेड ब्वाइजले अग्रता बनाएको थियो । तर १० मिनेटपछि नै मनाङ सचिन गुरुङको गोलमार्फत खेलमा फर्कियो ।

३०औँ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै ब्रिगेड ब्वाइजलाई पुनः अग्रता दिलाए । 
पहिलो हाफ २–१ को स्थितिमा सकियो । दोस्रो हाफकाे ५४औँ मिनेटमा शिशिर लेखीले दोस्रो गोल गरे । त्यसपछि ६६औँं मिनेटमा जय गुरुङ्ले गोल गरेपछि ब्रिगेड ब्वाइजले ४–१ को अग्रता लियो । ७१औँं मिनेटमा रेजिन सुब्बाले ब्यक्तिगत दोस्रो गोल गर्दा ब्रिगेड ब्वाइजले ५–१ को अग्रता लियो ।

८३औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दा ब्रिगेड ब्वाइजले ६–१ को अग्रता लियो । ब्रिगेड ब्वाइज यतिमा रोकिएन । ८८औँ मिनेटमा रेजिन सुब्बाले ह्याट्रिक पूरा गर्दा ब्रिगेड ब्वाइज ७–१ को शानदार जितसँगै फाइनलमा स्थान बनाउन सफल भयो ।

दोस्रो सेमिफाइनलमा पुलिसले जावलाखेल युथ क्लबलाई ३–१ ले हरायो । नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई हराउँदा सन्जु सेनले दुई गोल गरे । 
खेलको २८औँ मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

४४औँ मिनेटमा जावलाखेलका कप्तान शीर्षक भक्त श्रेष्ठले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा पुर्‍याए । तर, पहिलो हाफकै अतिरिक्त समयमा सन्जुले दोस्रो गोल गरेपछि पुलिसले २–१ को अग्रता लियो । ८९औँ मिनेटमा रवीन राईले गोल गर्दै पुलिसको फाइनलको यात्रा सुरक्षित बनाए । उपाधिका लागि आइतबार ब्रिगेड ब्वाइज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया