अब पाकिस्तानले पानी पाउने छैन : भारतीय प्रधानमन्त्री मोदी

 असोज २९, २०७६ बुधबार ८:५५:२९ | एजेन्सी
unn.prixa.net

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पाकिस्तान जाने पानी रोक्ने बताएका छन् ।  प्रधानमन्त्री मोदीले हरियाणाबाट पाकिस्तान जाने पानी रोकेर सिँचाइका लागि हरियाणाका किसानलाई दिने बताएका हुन् ।

हरियाणाको दादरीमा एक चुनावी र्‍यालीको सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘जुन पानी हरियाणाको किसानलाई मिल्नुपर्ने हो त्यो पानी पाकिस्तान गइरहेको छ । जुन ७० वर्षदेखि भइरहेको छ अब म यस्तो हुन दिनेछैन । यो पानी भारत र हरियाणाको किसानको हो ।’

प्रधानमन्त्री मोदीले यसका लागि काम पनि सुरु गरेको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया