जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

 असोज ३०, २०७६ बिहिबार ८:२८:० | रासस
unn.prixa.net

कञ्चनपुर – जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै ज्यान गएको छ ।

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा बुधबार दिउँसो बोहरालाई ज¬ङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिनुभयो ।

‘घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै ज्यान गएको देखिन्छ’ प्रहरी सहायक निरीक्षक पन्तले भन्नुभयो । केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा जङ्गली हात्तीले नोक्सान पु¥याउँदै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया