मझगाउँ विमानस्थल सञ्चालन गर्न कुनै समस्या छैन : प्राविधिक टोली

 कात्तिक ३, २०७६ आइतबार ९:१५:३९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर  – कञ्चनपुरमा रहेको मझगाउँ विमानस्थल सञ्चालन गर्न कुनै समस्या नरहेको प्रारम्भिक अध्ययन टोलीले जनाएको छ । भौगोलिक र सुरक्षाका हिसाबलेसमेत विमानस्थल सुरक्षित रहेको बताउँदै प्राविधिक टोलीले विमानस्थल सञ्चालन गर्न कुनै समस्या नहुने जनाएको हो ।

तीन दिनसम्म विमानस्थलको प्रारम्भिक अध्ययन गरेको टोलीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै ५० सिटका जहाज तत्कालै सञ्चालन गर्न निष्कर्ष निकालेको छ । प्राविधिक विषयमा गरिएको अनुसन्धानले विमानस्थल सञ्चालन गर्न कुनै समस्या नदेखिएको टोलीका संयोजक तथा इन्जिनियर गुरुदत्त अधिकारीले बताउनुभयो । ‘५० सिटका जहाज अवतरणमा कुनै समस्या छैन’, उहाँले भन्नुभयो ‘७२ सिटका जहानका लागि पनि थोरै प्रयास गरे सञ्चालन गर्न सकिन्छ ।’

उहाँले नजिक भारतीय सीमा र उत्तर–दक्षिण रनवे का कारण विमानस्थल सञ्चालन गर्न नसकिने भन्ने हल्ला सुनिएको बताउँदै त्यसले खासै प्रभाव नपर्ने बताउनुभयो । ‘हामी भारतीय सीमानाबाट पनि टाढा तीन किलोमिटर टाढा सुरक्षित ठाउँमा छौँ’, अधिकारीले भन्नुभयो ‘त्यस्तै, पहाडी क्षेत्रसँगको दूरी पनि टाढा रहेकाले उत्तर–दक्षिण रनवेले पनि खासै जहाज अवतरणमा कुनै समस्या पार्दैन ।’

यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेकाले विमानस्थल सञ्चालनबाट वन्यजन्तुमा पर्नेसक्ने प्रभावका बारेमा समेत टोलीले वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रतिवेदनमा उल्लेख गर्ने जनाएको छ । 

विमानस्थलको सम्भाव्यताको अध्ययनका लागि गएको बिहीबार महेन्द्रगर पुगेको टोलीले चार महिनाभित्र प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाउनेछ । साथै, प्रतिवेदनमा विमानस्थल सञ्चालन गर्न सकिने देखिएमा पुनः विस्तृत अध्ययन तथा आवश्यक पूर्वाधारबारे अध्ययन गर्न अर्को टोली पठाउनेछ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया