सौर्य बत्तीले डोटीका बजार झिलिमिली

 कात्तिक ३, २०७६ आइतबार १०:३५:७ | विमल बिष्ट
unn.prixa.net

डोटी – पछिल्लो समय डोटीका प्रमुख बजारमा जोडिएका सौर्य बत्तीले बजारहरु उज्याला भएका छन् । 

जिल्लाको प्रमुख ब्यापारिक केन्द्र पिपल्ला, सिलगढी, दिपायल तथा राजपुरमा जडान गरिएको सौर्य बत्तीले यहाँका बजार रातभर झिलिमिली हुने गरेका छन् । रकम भुक्तानी नदिएको भन्दै दिपायल पिपल्लामा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरु ठेकेदारले केही महिना पहिले उखेलेर लगेपछि बजार अन्धकार भएको थियो ।

तर दिपायल सिलगढी नगरपालिकाले बाँकी रकम दिने सम्झौता गरेपछि पुनः ठेकेदारले बजारमा बत्ती जडान गरिदिएपछि बजार झिलिमिली बनेको हो । आफूहरुसँङ्ग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्य बत्तीहरु ठेकेदारले गएको गएको वर्ष फागुन २५ गते उखेलेर लगेको थियो ।

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासी, ठेकेदार कम्पनी मनिङ्गसन, उद्योग वाणिज्य संघका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल तथा पत्रकारहरुसहित बसेको बैठकले गरेको निर्णय अनुसार ठेकेदार कम्पनी मनिङ्गसनले बजारमा उखेलेका सौर्य बत्ती (सोलार बत्ती) जोड्नु पर्ने र बाँकी रकम दिने सम्झौता भएपछि अहिले पुनः सौर्य बत्ती जोडिएको हो ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया