‘हाइप्रोफाइल जुवाडे’ लाई आज सम्पत्ति शुद्धिकरण विभागमा बुझाइँदै

 कात्तिक २६, २०७६ मंगलबार ९:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका २५ जनाको सम्पत्ति छानविन हुने भएको छ । गएको कात्तिक १० गते महाराजगञ्जमा जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि मंगलबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउने महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी उमेश लम्सालले उज्यालोलाई जानकारी दिनुभयो । 

जुवा खेलेको अभियोगमा दायर भएको मुद्दामा जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्नासाथ सोमबार फेरि पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउन लागिएको हो । 

क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटासहित सुमन अग्रवाल, पवन अग्रवाल, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, रञ्जन राजवंशी, सोदेल कार्की, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, अशोक श्रेष्ठ, प्रेम थापामगर, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई कात्तिक १० गते प्रहरीले जुवाखालबाट पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया