सागकाे बन्द प्रशिक्षणकै क्रममा विदेश गइन् एथ्लेटिक्सकी तुलसा : राखेप अन्याेलमा

 मंसिर १४, २०७६ शनिबार ९:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद प्रतियोगिताको एथ्लेटिक्समा महिला तर्फ मध्यम दूरीमा पदकको संभावना बोकेकी खेलाडी तुलसा खत्री सागको मुखैमा विदेश पलायन भएकी छिन् ।

उनी सागको बन्द प्रशिक्षणमा रहेकै बेला प्रशिक्षण छोडेर कामका लागि कतार लागेकी हुन ।

४ सय मिटर र ४ सय मिटर रिलेमा टिममा रहेकी तुलसाले अन्तिम समयमा कसैलाइ जानकारी नदिइ एकाएक कतार उडेकी हुन । बुधबारसम्म प्रशिक्षणमा रहेकी उनी बिहीबार बिहानबाट टिमबाट बाहिर भएकी थिइन् । अचानक प्रशिक्षणमा नआएपछि उनको खोजी गर्दा उनी कतार उडिसकेकी थिइन् ।

तुलसाले सागकाे मुखमै देश छाेडेपछि यतिबेला एथ्लेटिक्समा ठूलो अन्याेल छाएको छ । अब यो विधामा कसलाइ खेलाउने भनेर संघका साथै आयोजकहरू तनावमा परेका छन् ।

नेपाली टिमका डेप्युटी सेफ डि मिसन रिम रानाभाटले यसबारेमा आफूहरुले सदस्यसचिवलाइ जानकारी गराएको र अब कसरी खेलाउने भन्नेमा अन्योल भइरहेको बताउनु्भयाे ।

तुलसाले चीनमा भएको सैन्य प्रतियोगितामा ४ सय मिटर दौडमा नयाँ कीर्तिमान कायम गरेकी थिइन् । यसका साथै उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण जितेकी थिइन् ।

अचानक कतार जानु अगाडि उनले प्रशिक्षकलाइ खबर भने गरेकाे पाइएकाे छ । प्रशिक्षकलाई उनले ‘जीवन बनाउन कतार गएको’ बताएकाे बुझिन आएकाे छ। 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया