सागका लागि बंगलादेशकाे महिला टिम घाेषणा

 मंसिर १४, २०७६ शनिबार १६:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

१३ औं साग क्रिकेटका लागि बंगलादेशले महिला टिमको पनि घोषणा गरेको छ । सलमा खातुनको कप्तानीमा बंगलादेशले साग क्रिकेट खेल्ने छ ।

पोखरामा हुने महिला क्रिकेटमा निगार सुल्तान, जहांआरा आलम, आएशा रहमान, फरजाना हक, मुर्शिदा खातून, संजीदा इस्लाम, शबनम मुस्तारी, फहीमा खातून, शमीमा सुल्ताना, नहिदा अख्तर, खदीजा तुल कुबरा, रितु मोनी, पूजा चक्रवर्ती र राबिया अख्तर रहेकी छिन् ।

महिला टिमकी कप्तान तथा तिव्रगतिकी बलर खातुनले साग क्रिकेटमा टिमले स्वर्ण पदक जित्ने लक्ष्य लिएकाे बताइन् । उनले पहिलाे पटक सागमा क्रिकेट खेल्न पाएकाे माैकालाई भरपुर सदुपयाेग गर्ने पनि उल्लेख गरिन् ।

सागमा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्सले भाग लिएका छन् । भारत र पाकिस्तानले महिला र पुरुष दुवै क्रिकेटमा सहभागिता जनाएका छैनन् भने भुटानले पनि महिला क्रिकेटमा सहभागीता जनाएकाे छैन् ।

महिला क्रिकेटमा चार टिमकाे सहभागिता रहेपछि राउण्ड राेबिन लिगअनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया