बैतडीको पुर्चाैडी ४ मा नेकपाको जित

 मंसिर १५, २०७६ आइतबार ९:४:५९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - पुर्चाैडी नगरपालिका ४ मा नेकपा विजयी भएको छ ।

नेकपा उम्मेदवार शैलेन्द्र धानुक प्रतिष्पर्धीभन्दा १०५ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

निर्वाचनमा कुल खसेको १ हजार ३३० मतमध्ये धानुकले ६६३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोबिन्द बहादुर धामीले ५५८ मत प्राप्त गर्न्भयो । 

पुर्चौडी ४ मा यसअघि पनि तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए । यसअघि चुनाव जितेका गौतम भट्टको मोटरसाइकल दुर्घटनामा ज्यान गएपछि उपचुनाव भएको हो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया