सानिमा बैंकले सुरु गर्‍याे मलेसियाबाट पनि रेमिट्यान्स सेवा

 साउन ३, २०७५ बिहिबार १२:१९:२६ | उज्यालो सहकर्मी

सानिमा बैकले मलेसियाबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ । सीबीएल मनि ट्रान्सफर कम्पनीसँग सम्झौता गरेर रेमिट्यान्स सेवा सुरु गरेको सानिमा बैंकले जनाएको छ ।

अब सानिमा बैंकको रेमिटयान्स सानिमा एक्सप्रेस मार्फत मलेसियाबाट पठाएको रकम नेपालभर ८ हजार भन्दा बढी प्रतिनिधिमार्फत भुक्तानी लिन सकिने सानिमा बैंकले जनाएको छ ।
 
मलेसियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न सकिने सानिमा बैकले जनाएको छ । सानिमा एक्सप्रेसले यूएई, मलेशिया, कतार, बेलायत, कोरिया, लगायत देशबाट रेमिटेन्स सम्बन्धि सेवा प्रदान गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया