दशरथ रङ्गशालामा भ्रमण वर्षकाे शुभारम्भ हुने : राष्ट्रपति भण्डारीद्वारा उद्घाटन, प्रधानमन्त्री ओलीकाे विशेष सम्बाेधन

 पुस १६, २०७६ बुधबार ८:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात आजदेखि हुँदैछ ।

काठमाण्डाैकाे दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने सरकारको तयारी छ । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने छ ।

समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय गान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घ-संस्थाले परेड गर्नेछन् ।

आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको यती मस्कट पनि आजै सार्वजनिक हुनेछ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाण्डौमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।

याे पनि पढ्नुस्

 

यसैबीच नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका विदेशी पाहुना काठमाण्डाै आइसकेका छन् । समारोहमा सहभागी हुन भारत, चीनसहित विभिन्न देशका पर्यटन मन्त्री तथा विशिष्ट पाहुना काठमाण्डाै आइपुगेका हुन् ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एसियाली, मध्य-पूर्वी, युरोपलगायत देशका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि नेपाल आइसकेका छन् । 


 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया