अमेरिकामा पनि देखियाे काेरोना भाइरसकाे सङ्क्रमण, अहिलेसम्म ६ जनाको ज्यान गयो

 माघ ८, २०७६ बुधबार ८:४७:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा पनि देखिएको छ ।

अमेरिकाले सिएटल शहरमा कोरोना भाइरसँग सम्बन्धित पहिलो घटना दर्ता भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो विषयलाई गम्भीर मान्दै बुधबार आपतकालीन बैठक बोलाएको छ ।  

चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले पनि यो सङ्कटलाई लिएर बयानमा भनेका छन्, ‘वुहान र अन्य ठाउँमा फैलिएको नयाँ कोरोना भाइरस निमोनियालाई गम्भीररुपमा लिनुपर्छ ।’

अमेरिकी स्वास्थ्य अधिकारीहरुले मङ्गलबार चीनमा फैलिएको नयाँ भाइरससँग जोडिएको एउटा घटना सार्वजनिक भएको जनाएका थिए । 

सङ्घीय एवं राज्य अधिकारीहरुले पीडितको उमेर ३० देखि ३५ वर्ष भएको जनाइएको छ र उनी चीनको वुहानबाट अमेरिका आएको बताएका छन् । 

रहस्यमयी भाइरस बताइएको यो नयाँ भाइरस चीनको वुहान, शङ्घाई लगायतका प्रान्तमा तीव्ररुपमा फैलिइरहेको छ । यसबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् भने तीन सयभन्दा बढीमा सङ्क्रमण देखिएको छ । 

यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए ।  यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने चिकित्सकहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया