विराटनगरबाट बुद्ध एयरले पहिलो उडान गर्नेे

 जेठ १०, २०७५ बिहिबार १५:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ, १० जेठ – बुद्ध एयरले आउँदो जेठ १८ गतेदेखि विराटनगरबाट पहिलो उडान भर्ने भएको छ ।

अघिल्लो दिन साँझ विराटनगर आएर बसेको जहाज भोलिपल्ट बिहान ७ बजे नै उडान गर्ने गरी तयारी थालेको हो ।  जेठ १८  गतेदेखि विराटनगरबाट काठमाडौंका लागि बिहान ७ बजे नै उडान हुने बुद्ध एयर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिनुभयो ।

अघिल्लो दिन बेलुका ६ बजे काठमाडौंबाट उडेको जहाज राति विराटनगरमा बस्नेछ । भोलिपल्ट जहाजले त्यहाँका बिहानका यात्रुलाई ७ बजे उडाउने उहाँको भनाई छ । विराटनगरको लागि यो पहिलो प्रयोग हो । मौसमको खराबी बाहेक वुद्ध एयरले जेठ १८ गतेदेखि नियमित रुपमा बिहान ७ बजे उडान गर्न लागेको हो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया