वडाध्यक्ष 'हत्या'को निष्पक्ष छानबिन माग गर्दै अछामकाे विनायक बजार बन्द

 माघ २२, २०७६ बुधबार ८:२४:१८ | चन्द्र थापा
unn.prixa.net

अछाम – पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष हत्याको निष्पक्ष छानबिन माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द गरिएको छ ।

मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा चक्काजाम गरेका छन् । पसलहरु पनि बन्द छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

पञ्चदेवल बजारमा बिहानैदेखि टायर बालिएका छन् । सवारी आवगमन पनि बन्द गरिएकाे छ । पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।

अनुसन्धानका लागि प्रहरीकाे टाेली धनगढीबाट अछाम पुगेको जानकारी प्राप्त भएको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले बुधबार अनुसन्धान प्रक्रिया सुरु गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले जानकारी दिनुभयाे । 

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेकाे गैरीगाउँको गोठमा उहाँको शव भेटिएको थियाे ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया