शिक्षण अस्पतालमा चौथौ पटक कलेजो प्रत्यारोपण, २७ वर्षीया छाेरीले दिइन् बाबुलाई कलेजाे

 माघ २५, २०७६ शनिबार ७:४८:२५ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चौथोपटक कलेजो प्रत्यारोपण गरेको छ । काठमाण्डौंको बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिनुभयो ।

झण्डै नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको उहाँले बताउनुभयो । अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर रहेको उहाँले जानकारी दिनुभयो । डाक्टर भण्डारीकै नेतृत्वको टीमले गएको जेठ १८ गते त्रि.वि. शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो । 

यस्तै साउन ३ गते दोश्रो र कात्तिक १ गते तेश्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि झण्डै तीन महिनामा पालो आउने र झण्डै २५ लाख रुपैयाँमा प्रत्यारोपण गर्न सकिने डाक्टर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । 

परिवारभित्रको र नजिकको नातेदारले मात्र कलेजो दान गर्न सक्नेछन् । उहाँका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । 

कलेजो दान गर्ने व्यक्तिको शरीरमा बोसो जमेको हुन नहुने तथा कलेजो लिने व्यक्तिसँग रक्त समूह पनि मिलेको हुनुपर्ने उहाँले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपण हुन थालेपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताउनुभयो । 

यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । यस्तै, चितवनको पुरानो मेडिकल कलेजले पनि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया