चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारको ‘तयारी’ अझै सकिएन !

 माघ २६, २०७६ आइतबार १०:१०:४९ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै - चीनको वुहानमा रहेका आफन्तलाई स्वदेश फर्काउनको लागि पहल गर्न अभिभावकले राष्ट्रिय मानव अधिकार आयोगलाई गुहार्ने भएका छन् ।

कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको हुवेई प्रान्तबाट अरु देशले आफ्ना नागरिक फर्काए पनि नेपालले ढिलाइ गरेपछि अभिभावक आज राष्ट्रिय मानव अधिकार आयोगमा जाने भएका हुन् ।

अभिभावक विमला श्रेष्ठले वुहानमा आफ्नो छोरा झण्डै एक महिनादेखि एउटा कोठामा कष्टपूर्ण तरिकाले बसिरहेको तर सरकारले आलटाल मात्र गरिरहेकाले मानवअधिकार आयोगसँग गुहार माग्नुपर्ने अवस्था आएको बताउनुभयो । उनीहरुलाई तत्काल उद्धार गरी स्वेदश फर्काउन माग गर्दै अभिभावकले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएपछि सरकारले केही समयभित्र उनीहरुको उद्धार गर्ने बताइरहे पनि अहिलेसम्म केही प्रगती नभएकाले थप दबाब दिनुपरेको उहाँले बताउनुभयो ।

सरकारले आफ्ना छोराछोरीको तत्काल उद्धार नगरे अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न बाध्य हुने अभिभावकले चेतावनी दिएका छन् । 

यसैबीच सरकारले, हुवेईमा रहेका नेपालीलाई स्वदेश ल्याउने कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । नेपाल फर्कन आवेदन दिएका १ सय ८० जनालाई फर्काउन अन्तिम चरणको काम भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । परराष्ट्र मन्त्रालयले पनि उनीहरुलाई फर्काउन सबै तयारी पूरा भएकाले स्वास्थ्य मन्त्रालयले अनुमति दिनेबित्तिकै विमान चार्टर गरिने जनाएको छ । 

‘संक्रमितलाई ल्याउने होइन, नआत्तिऔँ’

प्रवक्ता श्रेष्ठले चीनबाट फर्काइने नेपालीहरु कोरोना संक्रमित व्यक्ति नभएकाले नआत्तिन पनि आग्रह आग्रह गर्नुभयो । नेपाल ल्याउनुअघि उनीहरुको स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिए उतैको अस्पताल पठाइने र संक्रमण नदेखिएका व्यक्ति मात्रै नेपाल ल्याइने भएकाले आत्तिन नपर्ने उहाँको भनाइ छ ।

उनीहरुलाई वुहानमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर मात्रै ल्याउन पाइने र संक्रमित पाइए उनीहरुको उपचार चीनकै अस्पतालमा हुने तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरि स्वास्थ्य परीक्षण गरि संक्रमणको शंका लागे विमानस्थलबाटै तोकिएको अस्पतालमा लगिने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । 

नेपाल ल्याइएपछि उनीहरुलाई विश्व स्वास्थ्य संगठनको बाध्यकारी नियम अनुसार १४ दिन क्वारेन्टाइनमा राखिने प्रवक्ता श्रेष्ठको भनाई छ । क्वारेन्टाइनमा पनि नियमित स्वास्थ्य परीक्षण गरिने भएकाले उनीहरुबाट संक्रमण हुने वा फैलने जोखिम नरहने भएकाले नडराउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया