म्यान्चेष्टर सिटीलाई प्रतिबन्ध : दुई सिजन च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने

 फागुन ३, २०७६ शनिबार ६:४६:३१ | एजेन्सी
unn.prixa.net

म्यान्चेष्टर सिटीले दुई सिजन च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने भएको छ ।

क्लaले आर्थिक पारदर्शिता लगायत नियमको गम्भीर उल्ल|घन गरेको ठहर गर्दै यूरोपेली फुटबल महासंघ ईयूएफए ले सिटीलाई २ वर्षसम्म च्याम्पियन्स लिगमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

इंग्लिस प्रिमियर लिगको साविक विजेता सिटीलाई ३ करोड युरो जरिवाना पनि गर्ने निर्णय गरेको छ । महासंघको आर्थिक विभागले गरेको छानबिनमा सन् २०१२ देखि २०१६ सम्मको अवधिमा प्रायोजनसम्बन्धी आम्दानीमा दोषी पाइएपछि कारबाही गरिएको महासंघले जनाएको छ ।

यो निर्णयले क्लब आश्चर्यचकित नभएको तर कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । क्लबले महासंघको अनुसन्धानमा सहयोग नगरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो निर्णयले क्लब आश्चर्यचकित नभएको तर कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । क्लबले यो निर्णयबारे न्यायालयमा अपिल गर्न पाउनेछ । युरोपेली फुटबल महासंघले बनाएको आर्थिक अनुशासन पालना नगरेको, आर्थिक पारदर्शीता नभएकोमा सिटीले यसअघि पनि कारबाही भोगेको थियो । 

यो निर्णय म्यान्चेष्टर सिटीको महिला टीमलाई भने लागू हुने छैन । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया