महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकियाे : फैसला भने सोमबार मात्रै सुनाइने

 फागुन ४, २०७६ आइतबार १८:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिए पनि फैसला भने सोमबार मात्रै सुनाइने भएको छ । 

महरामाथि बलात्कार उद्योग कसुरसम्बन्धी लागेको मुद्दामामाथि काठमाण्डौ जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ । आइतबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सम्पन्न भएको हो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणि पोखरेल, भीमार्जुन आचार्य लगायत वकिलहरु र सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलरुले बहस गर्नुभएको थियो ।

संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया