काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका एक सय ७५ जना साेमबार घर फर्कने भएका छन् ।
उनीहरुलाई बेलुकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसहितको सरकारी टोलीले बिदाइ गर्ने कार्यक्रम रहेको छ । बिदाइ कार्यक्रममा क्वारेन्टाइनमा रहेका कतिपयका आफन्त र परिवार पनि आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सुरुमा अब के होला भन्ने त्रास रहे पनि फागुन ४ गते क्वारेन्टाइन छिरेपछि सरकारले गरेको व्यवस्था देख्दा निकै खुशी लागेको क्वारेन्टाइनमा राखिएकाहरुले बताएका छन् । १६ दिनको बसाइमा बिहान बाहिर निस्किएर शारीरिक व्यायाम गर्ने, खेलकुद कार्यक्रममा सहभागी हुने, नाचगान गर्ने गर्दैमा बितेको क्वारेनटाइनमा बसेकाहरु बताउँछन् ।
क्वारेनटाइनमा रहेका सबै स्वस्थ रहेका र कोरोना संक्रमित कोही नभएको पुष्टि हुँदा खुशी लागेको क्वारेन्टाइनमा सुरक्षाको जिम्मेवारी सम्हाल्नुभएका नेपाली सेनाको वीर दल गणका गणपति कर्णेल शिव पौडेलले बताउनुभयो ।
१४ औँ दिनमा नाक, घाँटी स्वाबको परीक्षणमा कोरोना सङ्क्रमित भएको नपाइएपछि उनीहरुलाई घर फर्काउन लागिएकाे हाे । खाने, बस्ने वातावरणसँगै आवश्यक सम्पूर्ण व्यवस्था भएको भन्दै क्वारेण्टाइनबाट चिन्तामुक्त भएर बस्न पाएको उनीहरुले बताए । क्वारेण्टाइन वरिपरिका बासिन्दामा त्रास फैलिएको र घर गाउँ नै छाडेर गएको भन्ने सुन्दा निकै दुःख लागेको उनीहरुले बताए ।
‘कोरोनाको मुहानबाट बचाएर ल्याएकोमा खुशी भयौँ । तर यहाँका स्थानीयमा फैलिएको त्राससँगै उनीहरुले गरेको विरोधले मन दुख्यो’, एक जना विद्यार्थीले भने ।सम्बन्धित निकायले समयमा नै चेतना नफैलाएको कारण स्थानीय त्रसित भएको उनीहरुको बुझाइ छ ।
क्वारेण्टाइनमा बसेकामध्ये ४० जना चीनमा डाक्टर पढेर फर्किएका थिए । क्वारेण्टाइनमा रहेकाहरुले नेपाल सरकारले कोरोनालाई सामान्य रुपमा लिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।