काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - भक्तपुरकाे खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको स्वास्थ्य परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिएकाे चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे जाँच गर्न उनीहरुबाट र्याल र घाँटीको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्किलत नमुनाकाे परीक्षण गरिने छ । यसकाे रिपोर्ट आउन झण्डै तीन दिन लाग्ने र रिपोर्टमा कोरोना नभएको पाइए क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनालाई आउँदो बुधबारसम्ममा परिवारको जिम्मा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।