​गौरिफन्टाबाट उद्धार गरेर ल्याइएका अछामका ३९ जनालाई मंगलसेनको क्वारेन्टाइनमा राखिने

 चैत १२, २०७६ बुधबार १६:०:२५ | चन्द्र थापा
unn.prixa.net

अछाम - कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम ल्याइएका ३९ जनालाई सदरमुकाम मंगलसेनमा क्वारेन्टाइन स्थापना गरी राखिने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको समन्वय तथा प्रहरीको स्कर्टिंगमा अछाम ल्याइएका सबै स्थानीय तहका नागरिकलाई १४ दिनसम्म मंगलसेन नगरपालिकाको अगुवाईमा कृषि ज्ञान केन्द्र मंगलसेनमा क्वारेन्टाइन निर्माण गरी राख्न लागिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताउनु भयो ।

उद्धार गरेर अछाम ल्याइसकेपछि सम्बन्धित पालिकामा पठाउँदा  घरमा जान्छन् कि भनेर सबै पालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर मंगलसेनमै १४ दिनसम्म राख्न लागिएको उहाँले जानकारी दिनुभयो ।

कैलालीबाट आएको बस अछामको चौख्ट्टे नाका प्रबेश गरिसकेकाले अहीले मंगलसेन नगरपालिकाले क्वारेन्टाईन बन्ने भवन नजिकै हेल्थ डेस्क स्थापना गरिसकेको र क्वारेन्टाइनको ब्याबस्थापन कार्य जारी रहेको मंगलसेन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले जानकारी दिनु भयो ।   
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया