साउदी अरबका शाही परिवारमा पनि कोरोना सङ्क्रमण

 चैत २८, २०७६ शुक्रबार १३:३१:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - साउदी अरबमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना भाइरस (कोभोड १९) को सङ्क्रमण पुष्टि भएको दैनिक जागरणलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शाही परिवारको नजिकैैको व्यक्तिलाई उद्धृत गर्दै साउदीमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना पुष्टि भएको दैनिक जागरणले खबर लेखेको छ । 

सङ्क्रमणबाट सुरक्षित हुन शाह सलमान जेद्दा शहरको एक द्वीप महलमा गएको बताइएको छ । यस्तै क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि केही मन्त्रीसँग सुरक्षित ठाउँमा गएका छन् ।

कोरोना सङ्क्रमणबाट बच्नको लागि साउदी सरकारले हवाई सेवामा प्रतिबन्ध लगाएको छ भने सबै धार्मिक स्थलको यात्रामा रोक लगाएको छ ।

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया