घरभित्रै प्रतिपक्षको भूमिका खेल्नेहरू हाबी भए : मन्त्री भट्ट
फागुन १४, २०७७ शुक्रबार
(नाेट : खाडीका देश र मलेसियाको पछिल्लो कोरोना अपडेट हप्तामा एक पटक आइतबार हुन्छ । खाडीका देश र मलेसियामा रहेका सङ्क्रमित नेपालीको सङ्ख्या भने नेपाली दूतावास वा गैरआवसीय नेपाली संघ एनआरएनएले सार्वजनिक गरेका बेलामा मात्र अपडेट हुन्छ । यो अपडेटमा त्यहाँ रहेका नेपाली दूतावासले पुष्टि गरेका सङ्क्रमित नेपालीकाे सङ्ख्या र गैरआवसीय नेपाली संघ एनआरएनएको तथ्याँक समावेश गरिएको छ । )
काठमाण्डाै – फागुन ९ गतेसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । यसमध्ये ९७ प्रतिशत अर्थात् ५९ हजार १२० जना सङ्क्रमणबाट मुक्त भएकाे गैरआवासीय नेपाली संघ एनआरएनएकाे स्वास्थ्य समितिले जनाएकाे छ । विदेशका विभिन्न २१ देशमा ३ सय ३६ नेपालीकाे काेराेनाकाे कारण ज्यान गएकाे छ ।
खाडीका ६ देश र मलेसियामा अहिलेसम्म १६ लाख २८ हजार ५६८ जनामा काेराेना सङ्क्रमण भएकाे छ । जसमध्ये १५ लाख ३५ हजार ३८९ जना निकाे भइसकेका छन् भने ८१ हजार २७६ जना उपचाररत छन् । यी देशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ९०३ जना पुगेकाे छ ।
फागुन ९ गतेसम्म विश्वका दुई सय १९ देशका ११ कराेड १७ लाख १२ हजार १८९ जनामा सङ्क्रमण फैलिसकेको छ । २४ लाख ७३ हजार ५२३ जनाको ज्यान गएको छ भने ८ कराेड ६९ लाख ४२ हजार १८७ जना निको भएका छन् ।
सङ्क्रमित सङ्ख्या : १ लाख ५९ हजार ९६७ जना । ( २८ हजार २५० नेपालीसहित)
निको भएर घर फिरेकाहरु : १ लाख ४९ हजार ७४० जना ।
अस्पतालमा उपचाररत : ९ हजार ९७१ जना ।
मृतकको संख्या : २५६ जना ।
( नाेट : माथि समावेश गरिएकाे सङ्क्रमित नेपालीकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।)
भिसा सम्बन्धी व्यवस्था
- कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने भएकाे छ । अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्नेछन् ।
- कतार आईडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेबसाइट हेर्नुहोस् ।
- यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension बाट थाहा पाउन सकिन्छ ।
- कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।
सङ्क्रमित सङ्ख्या : ३ लाख ७० हजार ४२५ जना । ( ५ हजार ३५० नेपालीसहित)
निको भएर घर फिरेकाहरु : ३ लाख ५९ हजार ६९७ जना ।
अस्पतालमा उपचाररत : ९ हजार ६०३ जना ।
मृतकको संख्या : ११ सय २५ जना ।
( नाेट : माथि समावेश गरिएकाे सङ्क्रमित नेपालीकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।)
![]() |
भिजिट भिसामा यूएई आएर काम नगर्न दूतावासको आग्रह |
![]() |
यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह |
- कोरोनाको नयाँ सङ्क्रमित थपिँदै गएपछि यूएईको रसअलखेमामा मार्च ५ सम्म कुनै पनि ठूला कार्यक्रमहरु,सभा सम्मेलन गर्न नपाइने नियम लागू भएको छ । अजमानमा पनि मार्चको अन्त्यसम्म कुनै पनि कार्यक्रमहरु गर्न पाइने छैन ।
- रसअलखेमाका सरकारी कार्यालयमा प्रवेश गर्नका लागि पनि अब कोरोना विरुद्धको दुवै डोज खोप लगाएको हुनपर्नेछ ।
- काेराेना महामारीका कारण यूएईमा समस्या परेकाे छ ? छ भने समस्याका बारेमा दूतावासलाई जानकारी गराउनुहाेस् ।
- यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् ।
- आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ ।
- कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् ।
सङ्क्रमित सङ्ख्या : ३ लाख ७४ हजार ६९१ जना (५ हजार ८ सय जना नेपालीसहित) ।
निको भएर घर फिरेकाहरु : ३ लाख ६५ हजार ७४५ जना ।
अस्पतालमा उपचाररत : २ हजार ४८९ जना ।
मृतकको सँख्या : ६ हजार ४५७ जना ।
( नाेट : माथि समावेश गरिएकाे सङ्क्रमित नेपालीकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।)
- साउदी अरबमा अप्रिल ४ सम्म कुनै पनि सभा सम्मेलन भेला गर्न पाइने छैन ।
- अत्यावश्यक सहयोग, सल्लाह र समस्या राख्न साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (whatsapp) समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ ।
सङ्क्रमित सङ्ख्या : १ लाख १७ हजार २३४ जना । ( ४५१ जनाभन्दा धेरै नेपालीसहित)
निको भएर घर फिरेकाहरु : १ लाख ९ हजार ८५ जना ।
अस्पतालमा उपचाररत : ७ हजार ७ सय २९ जना ।
मृतकको सङ्ख्या : ४२० जना ।
(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )
- ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता काेराेनासँग मिल्दोजुल्दा लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
- कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३, ४१६११३६, ३५४२७७१७, ३५५४७९५१, ३६७८१५८८, ३७११४५७० मा सम्पर्क गर्न सकिन्छ ।
काेराेना सङ्क्रमित सङ्ख्या : १ लाख ८३ हजार ३२२ जना । ( २३ सय ५० जना नेपालीसहित)
काेराेना निको भएर घर फिरेकाहरु : १ लाख ७१ हजार २६० जना ।
अस्पतालमा उपचाररत : ११ हजार २३ जना ।
काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या : १ हजार ३९ जना ।
(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )
- फेब्रुअरी २१ भन्दा पछि कुवेत जाने यात्रुले अनिवार्य सात दिन होटेल क्वरेण्टीनमा बस्न पर्नेछ ।
- काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ या दूतावासबाट सहयाेग चाहिएकाे छ भने दूतावासमा सम्पर्क गर्नुहाेस् ।
- कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् ।
- स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् ।
- कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् ।
सङ्क्रमित सङ्ख्या : १ लाख ३९ हजार ३६२ जना ।( ३ सय जना नेपालीसहित ।)
निको भएर घर फिरेकाहरु : १ लाख ३० हजार ६५३ जना ।
अस्पतालमा उपचाररत : ७ हजार १५७ जना ।
मृत्यु हुनेको सङ्ख्या : १५ सय ५२ जना ।
(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )
- काेराेनाकाे लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।
- सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् । ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् ।
- कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।
सङ्क्रमित सङ्ख्या : २ लाख ८३ हजार ५६९ जना ।(२१०० जना नेपालीसहित ।)
निको भएर घर फिरेकाहरु : २ लाख ४९ हजार २०९ जना ।
अस्पतालमा उपचाररत : ३३ हजार ३०४ जना ।
मृतकको सङ्ख्या : १ हजार ५६ जना ।
![]() |
मलेसियामा विदेशी श्रमिकको कोरोना उपचार र क्वरेण्टीन खर्च रोजगारदाताले व्यहोर्नु पर्ने |
- मलेसियामा पछिल्लाे समय सङ्क्रमण निकै बढेकाे छ । काेराेना सङ्क्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउनुहाेस् ।
- मलेसिया सरकारले फेरि लकडाउन गरेकाे छ । लकडाउनकाे अविधमा मलेसियाले लागू गरेका नियमहरु मान्नुहाेस् ।
- कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्नुहाेस् ।
- सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ ।
आफूलाई सोध्न मन लागेको प्रश्न र जिज्ञासा तपाईँको जिल्लामा रहेका आप्रवासी श्रोत केन्द्रहरुमा राख्न सक्नुहुन्छ ।
तपाईको जिल्लाको आप्रवासी श्रोत केन्द्रको फोन नम्बर सुरक्षित आप्रवासन परियोजनाको फेसबुक पेज Safer Migration Project Phase 3 मा गएर हेर्नुहोस् र फोन गरेर आफ्ना जिज्ञासा र प्रश्नहरु राख्न सक्नुहुन्छ ।
आप्रवासी श्रोत केन्द्र मात्र हैन अहिले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर पनि प्रश्न सोध्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँले राखेका प्रश्न र जिज्ञासाको समाधान विभिन्न सम्बन्धित निकायसँग समन्वय गरेर गर्नेछ ।
विदेशमा हुनुहुन्छ भने आप्रवासी श्रोत केन्द्र बाहेक कल सेन्टरको ००९७७ १ ५९७ ००८ नम्बर मा फोन अथवा ००९७७ ९८, ०१८ ०००१३ मा भाइवरमा फोन गरेर पनि प्रश्न सोध्न सकिन्छ ।
कलसेन्टर र आप्रवासी स्रोत केन्द्रले तापाईँका प्रश्नको उत्तर र समाधानका उपाय खोजेर सहयोग र समन्वय गर्ने कोशिस गर्छन् ।
अहिले कोरोनाको कारण मनमा उत्पन्न डर, तनाब र विभिन्न मानसिक समस्यामा परेमा पनि यी दुई केन्द्रले मनोसामाजिक परामर्श सेवासँग जोड्न पनि सहयोग गर्नेछन् भने र आवश्यक परेको खण्डमा कानूनी सहयोगका लागि पनि सहयोग गर्नेछन् ।
Vishnu raja
June 20, 2020, 5:07 a.m.सबै देशको दूतावासले अनलाइन फारम भरेर बुझाउन सकिने सुविधा दिएको छ साउदी को दूतावासले किन नगरेको अनलाइन फारम को सुविधा?
Prakash poudel
May 18, 2020, 8:54 p.m.म पनि अहिले साउदी अरब मा छु खोइ कहिलेकाही छाती दुख्ने जीउ तातो हुने गर्छ शंखा लागिरहेको छ कोरोना भएको हो कि भनेर अस्पताल जाम बा सुइ हानेर मार्न हो कि भन्ने डर लाग्छ बेहाल छ जिन्दगानी बरु सरकारले जसरी हुन्छ नेपाली लाई फर्काउने कोशिश गरोस् मरे पनि आफ्नै देशमा मरौला
Gyan prasad baral
May 16, 2020, 11:43 a.m.समाचार अलि बास्तविक आएन हिजो को क्युएन खबर ले गरेको कार्यक्रममा दुताबासले 91जना पुस्टि गरेको थियो कतार मा तर आज तपाईँले 15जना अलि बास्तविक भएन कि
Tika prasad Ghimire
May 15, 2020, 9:27 a.m.यदि खाडि मा भएको नेपाली हरु जसको visa सकिएको छ र visa cancel गरेका नेपाली हरु लाई सरकारले यथासिघ्र चाडाे नेपाल लाने वातावरण नबनाए धेरै नेपालीहरु को अवस्था गम्भीर जोखिम युक्त हुन्छ । कोरोना नलागेको लाई नि लाग्न सक्ने अवस्था हुन सक्छ किनकी एउतै रूम को प्रयोग गराइन्छ । कृपया नेपाल सरकार चाडाे कदम चाल्नु पर्यो।
भुबन कुमार मगर
May 13, 2020, 11:32 p.m.हाल यु य ई मा सँङ्क्रमित नेपाली धेरै छन् मेरो बुझाई मा ।500भन्दा माथि नै हुन सक्छ ।मैंले चिनेकै 22जना छन् याहा सत्य तथ्य खबर नै छैन नेपालि साथै सम्पुर्ण मजदुर हरु प्रति । यसरी हावादारी खबर प्रकाशित नगरौ।
राम कृष्ण कटुवाल
May 8, 2020, 11:19 a.m.हाल मो युएई मा छु।युएई मा पनि दिन का दिन कोरोना पोजेटिभ को संख्या बढी रहेको छ ।यस मा धेरै नेपाली हरु पनि पार्नु भए को छ उनी हरु अहिले रूम मा नै कोरेन टाइम बस्नु भएको कुरा हरु बाहिर आय को छ यो मीडिया बाट पहल गरी दबाइ उपचार को व्यवस्था मिलाई अकाल मृत्युबाट बाँच्ने आशा हुन्थो।। र युएई मा अलपत्र पार्नु भएका नेपाली हरु लाई WHO को माप दण्ड अनुसार उद्धार गरिनु पर्दछ ।।
dawa sherpa tashi sherpa
May 6, 2020, 1:28 p.m.हाम्रो कम्पनीमा चाहिँ अहिलेसम्म coronavirus नभएको र यसको जोखिम मोल्नु परेको छैन र इलिगल रूपमा काम गर्दै गरेका नेपालीलाई कसरी नेपाल फिर्ता गर्न सकिन्छ साल्ला सुझाव पाउन सकिन्छ कि
Hem Bahadur Panta
May 3, 2020, 7:23 p.m.हाम्रो कम्पनीमा मात्र ५ जना नेपालीलाई कोरोना पोजिटिभ देखिएको छ। कम्पनिले खासै वास्ता गर्दैन। कोठामै राखेको छ। उपचारको लागि अस्पताल पनि पठाउँदैन ।
शाेबलाल पुरी
May 2, 2020, 4:34 p.m.हाे नेपालमा ल्यायर पनि जाेखिम बढि हुन्छ तर जाेखिम लाई मुक्त हुने तवरले उचित व्यवस्थापन गरि कम्तिमा विश्व स्वास्थ्य संघले ताेकेकाे मापदण्डअनुसार करेन्टाईमा राखि काेराेना नभएकाे पुष्टि गरे पछि मात्र सम्बन्धित गाउँ ठाउँमा पठाउनु उपयुक्त हाेला ।
Abinas Giro
April 19, 2020, 9:35 a.m.हेल्लो मेरो नाम अविनाश गिरी हो / नेपाल सरकारले नेपालीलाई उद्धार गर्नुपर्छ , तर यसमा पनि धेरै प्रकारका मान्छे छन् जस्तो लाग्छ / जुन कम्पनीले खान बस्न दिएको छैन, शुरुमा यस्ता नेपालीको उद्धार गर्नुपर्छ / त्यसपछि कम्पनीले काम नदिने नेपालीको उद्धार गर्नुपर्छ / यस्ता नेपाली धेरै छन्,यिनीहरुको डाटा बनाउन जरुरी नै छ /
Youbaraj Thakuri
April 18, 2020, 10:04 a.m.म अहिले मलेसियामा छु, घर फर्कन चाहन्छु , के गर्ने ??
Pom bahadur Gurung
April 14, 2020, 7:11 p.m.मलेसियामा छु , म नेपाल आउन चाहन्छु /
mahesh dhungana
April 13, 2020, 1:59 p.m.युएईमा संक्रमित बिरामी अस्पताल जान नपाएको ....पटक पटक फोन गर्दा पनि रेस्पोन्स नआएको भन्न कुरा सुनियो, तपाइँहरुले सम्वन्धित निकायमा पहल गरिदिनुभए अकालमा मर्नु पर्दैन कि ??