१८ जना बङ्गलादेशी नागरिक बोकेर ढाका उड्यो नेपाल एअरलाइन्स

 वैशाख ७, २०७७ आइतबार १०:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशका नागरिक बोकेर नेपाल एअरलाइन्स बङ्गलादेशको ढाका गएको छ ।

नेपालमा रहेका १८ जना बङ्गलादेशी नागरिक बोकेर न्यारोबडी जहाज सवा १० बजे ढाकाको लागि उडेको हो । नेपालमा रहेको बङ्गलादेशकाे दूतावासले जहाज चार्टर्ड गरेको हो ।

जहाज आइतबार दिउँसो २ बजे नेपाल आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा पनि काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण बढ्न थालेपछि विभिन्न देशले जहाज चार्टर्ड गर्दै आफ्ना नागरिक लैजान थालेका छन् । 

शनिबार मात्रै भुटानले दुई जनाका लागि जहाज चार्टर्ड गरेकाे थियाे । 

यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया