२ जना नागरिक लैजान नेपाल आयो भुटानी विमान, यात्रु भन्छन्– ‘सरकारप्रति गर्व छ’

 बैशाख ६, २०७७ शनिबार २०:११:११ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअरले दुई जना भुटानी नागरिकको उद्धार गरेर आफ्नो देश लगेको छ । नेपालमा रहेका दुई जना नागरिकलाई लिन शनिबार बिहान एटीआर ४२ सिरिजको विमान काठमाण्डौ आएको थियो । यो विमानको क्षमता ३० देखि ५० सिटसम्म हुन्छ । 

जहाजले नेपाली चलचित्रमा अभिनयको लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर थिम्पु फर्केको हो । नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आउनुभएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिनुभयो । 

भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिने क्वरेण्टीनमा बसेका छन् । 

 

थिम्पुको एक क्वरेण्टीनमा बस्नुभएका पाइलट सोनाम तोब्गेले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘मैले त हिमालय एअरलाइन्समा दुई सय जना हाराहारी बोकेर जहाज उडाउँथे तर आज जम्मा दुई जना मात्रै यात्रु थियौँ, अनौठो लाग्यो ।’

उहाँले आफूलाई भुटान सरकारप्रति गर्व रहेको पनि बताउनुभयो । ‘जहाजको पैसा हामी दुई जनाले ति¥यौँ तर हाम्रो लागि सरकारले जुन रेस्पोन्स गर्‍यो, त्यसमा मलाई गर्व लागेको छ ।’

‘दुई जनालाई मात्रै लिन विमान आउनेभन्दा त हामी पनि अचम्ममा परेका थियौँ, जहाज आएर उहाँहरुलाई लिएर गएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले उज्यालोसँग भन्नुभयो । 

विमान पठाउने बन्दोबस्त भुटान सरकारले नै गरे पनि भाडा भने दुई जनाले तिरेका छन् । दुई जनाले पाँच हजार एक सय अमेरिकी डलर तिरेका थिए । 

तस्बिर : दिपेन्द्र लामाको फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ४, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

4 Comments

  • Theeng Nirmal

    April 19, 2020, 4:20 p.m.

    Good news

  •  0 Reply
  • दिपक

    April 19, 2020, 3:45 p.m.

    यति धेरै पैँसा तिरेर त यतैबाट चाटर्ड गरी विमान लैजान सकिन्छ नि । नाटक गर्छ भुटान पनि ।

  •  0 Reply
  • Kamal Gurung

    April 18, 2020, 10:58 p.m.

    You Both are Really Lucky 👏👏👏👏 Be Proud to Your Responsible Government with Good Human Being Leaders 👍👍👍👍 We Nepalese are Seeking Nepalese Government Help to return From GCC . Who have a Covid 19 Negative results may given first priority to Return Back to NEPAL. Let's Hope May PM Oli Will Wake up Soon with Good Human and Workers Like I May Return Back to My Beautiful Country 🇳🇵🇳🇵🇳🇵🇳🇵. #StayAtHome ##SaveLives ###BeSafe ####BeStrong

  •  0 Reply
  • ramesh chand

    April 18, 2020, 10:27 p.m.

    दुई लाख जनता को मर्म नबुझी देश निकाला गरेको भुटान ले दुई जना को उद्दार गरेको देखेर नेपाल का मूर्ख पत्रकार हरु बाट भुटान को प्रसंशा गरेको देखियो ।।भुटान शीत हरेक सन्धि सम्झौता खारेज गर्नु पर्ने हो नेपाल ले ।भुटान जस्तो घटिया देश अरु कोहि छैन दुनिया मा ।भुटानी सरणार्थी बिर्सियौ र पत्रकार महोदय

  •  0 Reply

तपाईको प्रतिक्रिया