धादिङमा चट्याङका कारण दुई जनाको ज्यान गयो, ७ जना घाइते

 बैशाख ९, २०७७ मंगलबार ८:१३:३० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - हावाहुरी र असिनासँगै  सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका-३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानाकारी दिनुभयो । गम्भीर घाइते अर्का एक जनाको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटनास्थल जिल्लाको दक्षिणपट्टि महाभारतक्षेत्रमा रहेको छ । यो क्षेत्रमाहरेक वर्ष चट्याङ पर्ने गरेको छ ।

घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थलसम्म पुग्न पुथ्वीराजमार्गको महादेवबेसीबाट चारघण्टा लाग्छ ।

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया