कोरोना भाइरस 'चीनको प्रयोगशालामा बनाइएको' भन्ने कुरामा कुनै आधार छैन : विश्व स्वास्थ्य सङ्गठन

 बैशाख १०, २०७७ बुधबार ६:२४:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस  (कोभिड १९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ ।

चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए । 

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ ।

संयुक्त राज्य अमेरिकामा मात्रै गएको २४ घण्टामा २७ सयभन्दा धेरैको ज्यान गएको छ । योसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ४५ हजार नाघेको छ भने आठ लाख १७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया