नेभिगेशन
आइतबार, भदौ २८, २०८३

थाहा पाउनुहाेस्, खाडीका ६ देश र मलेसियामा काेराेना सङ्क्रमणकाे पछिल्लाे अवस्था

(नाेट : खाडीका देश र मलेसियाको पछिल्लो कोरोना अपडेट हप्तामा एक पटक आइतबार हुन्छ । खाडीका देश र मलेसियामा रहेका सङ्क्रमित नेपालीको सङ्ख्या भने नेपाली दूतावास वा गैरआवसीय नेपाली संघ एनआरएनएले सार्वजनिक गरेका बेलामा मात्र अपडेट हुन्छ । यो अपडेटमा त्यहाँ रहेका नेपाली दूतावासले पुष्टि गरेका सङ्क्रमित नेपालीकाे  सङ्ख्या​ र गैरआवसीय नेपाली संघ एनआरएनएको तथ्याँक समावेश गरिएको छ । )

सङ्क्रमित सङ्ख्या : १ लाख ७३ हजार २०६ जना । ( २८ हजार २५० नेपालीसहित)

निको भएकाहरु : १ लाख ६० हजार ११५ जना ।

सक्रिय सङ्क्रमित : १२ हजार ८१९ जना ।

मृतकको संख्या : २७२ जना ।

( नाेट : माथि समावेश गरिएकाे सङ्क्रमित ​नेपालीकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।)

 

 

भिसा सम्बन्धी व्यवस्था 

-  कतार आईडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेबसाइट हेर्नुहोस् ।

- यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension  बाट थाहा पाउन सकिन्छ ।

सम्पर्क गर्नुहाेस् :

- कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

सङ्क्रमित सङ्ख्या : ४ लाख ४० हजार ३५५ जना । ( ५ हजार ३५० नेपालीसहित) 

निको भएकाहरु : ४ लाख २२ हजार ६९६ जना ।

सक्रिय सङ्क्रमित : १६ हजार २२१ जना ।

मृतकको संख्या : १४ सय ३८ जना ।

( नाेट : माथि समावेश गरिएकाे सङ्क्रमित ​नेपालीकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।)

समस्यामा हुनुहुन्छ ? दूतावासमा सम्पर्क गर्नुहाेस् :

माहामारी नयाँ नियम

- कोरोनाको नयाँ सङ्क्रमित थपिँदै गएपछि यूएईको रसअलखेमामा मार्च ५ सम्म कुनै पनि ठूला कार्यक्रमहरु,सभा सम्मेलन गर्न नपाइने नियम लागू भएको छ । अजमानमा पनि मार्चको अन्त्यसम्म कुनै पनि कार्यक्रमहरु गर्न पाइने छैन ।

- रसअलखेमाका सरकारी कार्यालयमा प्रवेश गर्नका लागि पनि अब कोरोना विरुद्धको दुवै डोज खोप लगाएको हुनपर्नेछ ।

- काेराेना महामारीका कारण यूएईमा समस्या परेकाे छ ? छ भने समस्याका बारेमा दूतावासलाई जानकारी गराउनुहाेस् ।

- यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । ​- आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

- कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

सङ्क्रमित सङ्ख्या : ३ लाख ८४ हजार ६५३ जना (५ हजार ८ सय जना नेपालीसहित) ।

निको भएकाहरु : ३ लाख ७४ हजार १३५ जना ।

सक्रिय सङ्क्रमित : ३ हजार ९१६ जना ।

मृतकको सँख्या : ६ हजार ६०२ जना । 

( नाेट : माथि समावेश गरिएकाे सङ्क्रमित ​नेपालीकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।)

- साउदी अरबमा अप्रिल ४ सम्म कुनै पनि सभा सम्मेलन भेला गर्न पाइने छैन ।

दूतावासमा सम्पर्क गर्नुहाेस्:

- अत्यावश्यक सहयोग, सल्लाह र समस्या राख्न साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (whatsapp) समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ ।

सङ्क्रमित सङ्ख्या : १ लाख ३५ हजार ३२६ जना । ( ४५१ जनाभन्दा धेरै नेपालीसहित) 

निको भएकाहरु : १ लाख २७ हजार ८०६ जना ।

सक्रिय सङ्क्रमित : ७ हजार २२ जना ।

मृतकको सङ्ख्या : ४९८ जना ।

(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )

सम्पर्क गर्नुहोस् : 

- ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता काेराेनासँग मिल्दोजुल्दा लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

- कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३, ४१६११३६, ३५४२७७१७, ३५५४७९५१, ३६७८१५८८, ३७११४५७० मा सम्पर्क गर्न सकिन्छ ।  

काेराेना सङ्क्रमित सङ्ख्या : २ लाख १७ हजार ९३३ जना ।  ( ३ सय ५०  जना नेपालीसहित)

काेराेना निको भएकाहरु : २ लाख २ हजार २०८ जना । 

सक्रिय सङ्क्रमित : १४ हजार ५१० जना ।

काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या : १२ सय १५ जना ।

(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )

 

 

कुवेतले ल्याएकाे नयाँ नियम

- फेब्रुअरी २१ भन्दा पछि कुवेत जाने यात्रुले अनिवार्य सात दिन होटेल क्वरेण्टीनमा बस्न पर्नेछ ।

- काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ या दूतावासबाट सहयाेग चाहिएकाे छ भने दूतावासमा सम्पर्क गर्नुहाेस् ।

- कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 

- स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । 

- कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

सङ्क्रमित सङ्ख्या : १ लाख ५० हजार ८०० जना । ( ३ सय जना नेपालीसहित ।)

निको भएकाहरु : १ लाख ३९ हजार १०० जना ।

सक्रिय सङ्क्रमित : १० हजार ७८ जना ।

मृत्यु हुनेको सङ्ख्या : १६ सय २२ ।

(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )

- काेराेनाकाे लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।

- सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् ।  ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

- कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

सङ्क्रमित सङ्ख्या :  ३ लाख ३३ हजार ४० जना ।(२१०० जना नेपालीसहित ।)

निको भएकाहरु : ३ लाख १७ हजार २८९ जना । 

सक्रिय सङ्क्रमित : १४ हजार ५१८ जना । 

मृतकको सङ्ख्या : १२ सय ३३ जना ।

यी कुरामा ध्यान दिनुहाेस् :

- मलेसियामा पछिल्लाे समय सङ्क्रमण निकै बढेकाे छ । काेराेना सङ्क्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउनुहाेस् ।

- मलेसिया सरकारले फेरि लकडाउन गरेकाे छ । लकडाउनकाे अविधमा मलेसियाले लागू गरेका नियमहरु मान्नुहाेस् ।

- कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्नुहाेस् ।

- सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

समस्या राख्न आप्रवासी श्रोत केन्द्रहरुमा सम्पर्क गर्नुहाेस्

आफूलाई सोध्न मन लागेको प्रश्न र जिज्ञासा तपाईँको जिल्लामा रहेका आप्रवासी श्रोत केन्द्रहरुमा राख्न सक्नुहुन्छ । 

तपाईको जिल्लाको आप्रवासी श्रोत केन्द्रको फोन नम्बर सुरक्षित आप्रवासन परियोजनाको फेसबुक पेज Safer Migration Project Phase 3 मा गएर हेर्नुहोस् र फोन गरेर आफ्ना जिज्ञासा र प्रश्नहरु राख्न सक्नुहुन्छ । 

आप्रवासी श्रोत केन्द्र मात्र हैन अहिले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर पनि प्रश्न सोध्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँले राखेका प्रश्न  र जिज्ञासाको समाधान विभिन्न सम्बन्धित निकायसँग समन्वय गरेर गर्नेछ ।

विदेशमा हुनुहुन्छ भने आप्रवासी श्रोत केन्द्र बाहेक कल सेन्टरको ००९७७ १ ५९७ ००८ नम्बर मा फोन अथवा ००९७७ ९८, ०१८ ०००१३ मा भाइवरमा फोन गरेर पनि प्रश्न सोध्न सकिन्छ । 

कलसेन्टर र आप्रवासी स्रोत केन्द्रले तापाईँका प्रश्नको उत्तर र समाधानका उपाय खोजेर सहयोग र समन्वय गर्ने कोशिस गर्छन् । 

अहिले कोरोनाको कारण मनमा उत्पन्न डर, तनाब र विभिन्न मानसिक समस्यामा परेमा पनि यी दुई केन्द्रले मनोसामाजिक परामर्श सेवासँग जोड्न पनि सहयोग गर्नेछन् भने र आवश्यक परेको खण्डमा कानूनी सहयोगका लागि पनि सहयोग गर्नेछन् ।

प्रकाशित मिति:
थप देश परदेश विशेष