अछामको ढकारी गाउँपालिकामा सकेट बम फेला : सेनाद्वारा निस्क्रिय

 बैशाख २०, २०७७ शनिबार ८:५९:१० | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर-१ मा भेटिएको सकेट बम   नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

भवानी बक्स गण मंगलसैनका सेनानी हरिबहादुर श्रेष्ठको टोलीले शुक्रबार साँझ ६ बजे बम डिस्पोज गरेको हो ।

ढकारी गाउँपालिका वडा नम्बर-१ का स्थानीय दिलबहादुर बुढाको घर नजिकैको झाडीमा शुक्रबार बम फेला परेको ढकारी प्रहरी चौकीका इन्चार्ज मदन सिंह धामीले जानकारी दिनुभयो ।

फेला परेको  बम द्वन्द्वकालमा छुटेको हुनसक्ने ढकारी गाउँपालिका-१ का वडाध्यक्ष भवानीप्रसाद उपाध्यायले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया