प्रदेश १ : लकडाउनकै बीचमा १ करोड १० लाख रुपैयाँ सामाजिक सुरक्षामा खर्च

 बैशाख २१, २०७७ आइतबार ८:४५:५७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - प्रदेश १ को सामाजिक विकास मन्त्रालयले लकडाउनको अवधिमा सामाजिक सुरक्षा अन्तर्गत अपांगता शीर्षकमा १ करोड १० लाख रुपैयाँ रुपैयाँ खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयको संरक्षण विषयगत क्षेत्र समूहको गठन र बैठकले  विपदका बेला महिला बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुका विषयमा तत्कालीन योजना निर्माणको काम गरिएको महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो ।

मन्त्रालयले विपदको समयमा वृद्धाश्रमहरुलाई १८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । स्पाइनल इन्ज्यूरी भएका व्यक्तिहरुको सहयोगका लागि करुणा फाउण्डेसन नेपालको सहयोगमा सहायक सामग्री तथा अत्यावश्यक सामग्रीहरु समेत उपलब्ध गराइएको  बरालले बताउनुभयो ।

सडक मानवको उद्धार तथा संरक्षणको काम गर्दै आएको मानव सेवा आश्रमलाई विपद् खाद्यान्नको अभाव भएको भन्ने जानकारी आए पनि उक्त संस्थालाई सहयोग १० लाख रुपैयाँ रुपैयाँ प्रदान गरिएको छ ।

सीबीआर संस्थालाई अपांगता-सहायक सामग्री निर्माण गर्न २० लाख रुपैयाँ रुपैयाँ सहयोग लकडाउनको बीचमा नै गरिएको हो ।

त्यस्तै अपांगता पुनस्र्थापना केन्द्र निर्माण गर्न अपांगता पुनस्र्थापना केन्द्र दमकलाई १० लाख रुपैयाँ अनुदान उपलव्ध गराउनुको साथै ज्येष्ठ नागरिक दिवासेवा केन्द्रलाई सहयोग उपलब्ध गराउने तयारी भईरहेको महाशाखा प्रमुख बरालले जानकारी दिनुभयो । प्रदेश १ का ३० वटा ज्येष्ठ नागरिक दिवासेवा केन्द्रलाई सहयोग उपलब्ध गराउने तयारी छ ।

नियमित कार्यक्रम अन्तर्गत नगरी नहुने काम बाहेक अत्याबश्यक कामलाई प्राथमिकतामा राखेर लकडाउनको समयमा पनि कार्यालयमा आएर काम गरिएको उहाँको भनाइ छ ।

लकडाउनको बेला खान नपाएका, अलपत्र परेका तथा कोही नभएका सडक बालबालिकाहरुको उद्दार र पुनर्स्थापनाका लागि भ्वाइस आफ चिल्ड्रेन इटहरीलाई आपतकालीन रुपमा ४ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

प्रदेश १ मा संचालनमा रहेका १५ वटा बालगृहलाई सञ्चालन सहयोग उपलब्ध गराउने प्रक्रियामा रहेको  बरालले जानकारी दिनुभयो ।  त्यस्तै सडकमा रहेका बेवारिसे महिला तथा बालबालिकाहरुलाई उद्धारका लागि कार्य समेत प्रारम्भ भईसकेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया